एसियाकै लामो ह्यात्रुङ्ग झरनासम्म सडक पुगे पछि यहाँ आउने पर्यटकलाई सहज हुने ।
तेह्रथुम– तेह्रथुमको सम्दु र इसिबु गाबिसको सिमानामा रहेको ह्यात्रुङ्ग झरना सम्म सडक पुगेको छ। लामो समयसम्म ओझेलमा रहेको एसियाकै लामो झरनासम्म सडक पुगे पछि अब यहाँ आउने पर्यटकलाई सहज हुने भएको छ।
झरनासम्म जान यसअघि सडक नभएपछि पर्यटकहरु सदरमुकाम पुगेर झर्नामा नपुगी फर्किने गरे पनि अब झरनासम्म सडक पुगेकोले पर्यटक बढ्ने स्थानीयको विश्वास छ ।
झरनाको प्रचारप्रसारसँगै सडक सञ्जालको अभावले ओझेलमा रहेको जनगुनासो आइरहेको बेला पर्यटन विकास कार्यालय झापाले सडक निर्माणका लागी सहयोग गरेको हो।
नेपालकै पहिचानको रुपमा रहेको झरनासम्म सडक निर्माणका लागि माग गरिएपछि पर्यटन विकास कार्यालय झापाले यस वर्ष मात्र रु १२ लाख आर्थिक सहयोग गरेको छ। सडक निर्माणका लागि गत वर्ष १० लाख रुपैयाँ सहयोग गरेको थियो ।
नेपालकै पहिचानको रुपमा रहेको झरनासम्म सडक निर्माणका लागि माग गरिएपछि पर्यटन विकास कार्यालय झापाले यस वर्ष मात्र रु १२ लाख आर्थिक सहयोग गरेको छ। सडक निर्माणका लागि गत वर्ष १० लाख रुपैयाँ सहयोग गरेको थियो ।
पर्यटन विकास कार्यालय झापाले सडक निर्माणका लागि सहयोग गरेपछि मध्य पहाडी लोकमार्गअन्तर्गत ईसिबुदेखि सम्दु उच्चमाबी हुँदै झरनासम्म सडक निर्माण गरिएको ह्यात्रुङ झरना एकता समाज तेह्रथुमका सचिब ईश्वर खत्रीले बताए । ‘सम्दु र ईसिबु गाविसको सिमानामा रहेको झरना सम्म सडक नभएकै कारण आन्तरिक तथा बाह्यि पर्यटकहरु नआएको पाइयो,’ उनले भने, ‘त्यसैले पनि सडक निर्माण गरिएको हो।’
झरना हेर्नका लागि अब यातायातको साधानबाट आउने पर्यटकले सदरमुकाम म्याङलुङ हुँदै मध्य पहाडी लोकमार्गको ईसिबुसम्म र पाँचथरको फिदिम हुँदै मध्य पहाडी लोक मार्गअन्तर्गत संक्रान्ति बजारदेखि सम्दुसम्म आएर पनि झरना हेर्न सकिने भएको छ ।
यसअघि प्रचारप्रासरको अभावमा रहेको झरनाको विकासका लागि प्रत्येक वर्ष जिल्ला विकास समितीले आफ्नो वार्षिक योजनामा पर्यटन प्रबद्र्धन गर्नका लागि झरनाको विकास गरिने उल्लेख गर्दै आए पनि ठोस काम गर्न नसकेको स्थानियले गुनासो गरेका छन्।
जिल्लाको मात्र नभई देशकै पहिचानको रुपमा रहेको झरनाको विकासका लागि अहिलेसम्म कसैले ठोस काम नगरे पनि जिल्लाभित्र र जिल्लाबाहिर गरी झरनाको नाममा एक दर्जन बढी संघसस्था दर्ता भएको पत्रकार प्रेमचन्द्र निङलेखुले बताए । ‘झरनाको विकास गरी स्थानीयले राम्रो आम्दानी लिन नसके पनि झरनाको नाममा दर्ता भएका संघसंस्थाहरुले भने राम्रो आम्दानी गरेका छन्,’ उनले भने ।
३ सय ६५ मिटर अग्लो उक्त झर्नामा हिउँदको समयमा पानी नभए पनि वर्षाको समयमा भने प्रशस्त पानी हुने स्थानीय विष्णुकुमार चोङबाङले बताए। ‘झरनाले पैसा नदिएपछि स्थानीयले पैसाकै लागि भए पनि झरनाको पानी अलैंचीमा लाउने गरेका छन्,’ उनले भने ।
Copy: नागरिक खबर
Aucun commentaire:
Enregistrer un commentaire