jeudi 29 janvier 2015

पोखरी पुनस्र्थापनामा जुट्दै जमुनाबासी

इलाम, माघ १४ (इपोस)–जनप्रतिधिविहीन स्थानीय निकायमा अपारदर्शिता बढेको गुनासो नागरिकबाट आउन थालेपछि त्यसको अनुगमन गर्न इलाममा कार्यक्रम शुरु भएको छ ।इलाम, पुस २८ (इपोस)–इलामको जमुनामा रहेको ढाप सिमसार क्षेत्रमा पोखरी पुनस्र्थापना हुने भएको छ ।
लामो प्रयासपछि स्थानीयस्तरबमा पोखरी निर्माण गर्ने निर्णय भएको हो । जमुना मात्रै नभएर सिङ्गो इलामको पर्यटनमा ठोस टेवा पु¥याउने अपेक्षा गरिएको सिमसारको विकासका लागि मोहनप्रसाद भट्टराईको अध्यक्षतामा ‘जमुना– ढाप सिमसार क्षेत्र संरक्षण तथा विकास समिति र जीतबहादुर साँवाको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ ।   माघ ११ गते हिन्दू, बौद्ध र किरातलगायत धर्मालम्बीहरुले विशेष पूजाआजासहित सिमसारलाई पोखरी बनाउने गरी कार्य थालिने स्थानीयले जानकारी दिएका छन् । सदरमुकामवाट २५ किलोमिटर उत्तरमा रहेको ढाप सिमसार क्षेत्र आसपासको रमणीय डाँडाकाडाबीचमा पोखरी निर्माणका लागि उपयुक्त रहेको जिल्लास्थित सरोकारवालाले पनि अनुगमनपछि सुझाव दिएका थिए ।
पर्याप्त पानीको स्रोत र ठूलो भू–भागमा फैलिएका कारण पोखरी निर्माण गरेर डुंगा चलाउने, माछा पाल्ने र आसपास रमणीय बगैंचा निर्माण गरेर आम्दानी लिन सकिने सम्भावना रहेको स्थानीय धनप्रसाद खाम्दाकले बताए । करीब १७ सय मिटरको उचाईमा रहेको ढापमा पोखरी निर्माणपछि त्यस तलका क्षेत्रमा पानीको पर्याप्त स्रोत बढ्ने स्थानीयको अपेक्षा छ । पोखरी क्षेत्रमा दुर्लभ ठकठके पाइन्छ । त्यस्तै विभिन्न प्रकारका चराचुरुङगी समेत रहेको ढाप क्षेत्रमा भिन्न–भिन्न प्रकारका सुनाखरी पर्याप्त मात्रामा रहेका छन् ।
चराका अनेकन प्रजाति पाइने विश्व चर्चित हाँगेथाम, रेडपाण्डा पाइने चोयाटार, एक सय १० बर्षे पूरानो धनरुप पुल, राणशासन कालमा नै अस्तित्वमा रहेको जमुना बजार, भारतीय सीमावर्ती जौवारी, गैरीवास र कैयाकट्टा जस्ता रमणीय स्थान भएको यो गाविसको बीच भागमा पोखरी निर्माणपछि सबै पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने स्थानीयको भनाई छ । ‘सम्भावना भएर पनि यहाँका बासिन्दाले यसको महत्व बुझ्न नसक्दा पछि प¥यौं’–पर्यटन समितिका सचिव तिलबहादुर खाम्दाकले भने–‘अब आफै जुर्मुराएर विकासमा लाग्न हिम्मत कसेका हौं ।’ यहाँ पर्यटन पूर्वाधार विकास गर्न सके गाउँको पहिचान नभएर गाविसभरका बासिन्दाको आय–आर्जनमा उल्लेख्य सुधार हुने विश्वास स्थानीयको छ ।
‘घुमघामका लागि नयाँ–नयाँ प्राकृतिक सौन्दर्यले भरिएका स्थानको खोजी गर्ने क्रम बढेका बेला जमुनामा बन्ने पोखरीमा रमाउन देश–विदेशवाट पर्यटक आउन सक्छन्’–पर्यटनकर्मी धर्म गौतमले भने–‘यसको सञ्चालन र व्यवस्थापनमा भने स्थानीयले निक्कै मेहनत गर्नुपर्छ ।’ ढापबाट तीन किलोमिटर उत्तरमा रहेको हाँगेथाममा पोखरी सुकेसँगै चराको संख्यामा कमी आएको छ । दशक अघिसम्म चरा हेर्नकै लागि हुलका हुल पर्यटक आउने हाँगेथाममा अहिले पर्यटक आउन छाडेका छन् । ‘ढाप–सिमसारको विकाससँगै हाँगेथामका पोखरी पनि संरक्षण गर्न आवश्यक छ’–स्थानीय डिककुमार गुरुङले भने । पोखरी संरक्षणको काम भए पोखरी क्षेत्र भन्दा तलका भागमा ओसिलोपन बढ्ने र कृषि उत्पादनमा समेत सकारात्मक असर पुग्ने जानकारहरु बताउँछन् ।
जमुना ८ इङ्लास्थित चोयाटारमा रेडपाण्डा हेर्नका लागि पश्चिमासँगै स्थानीयको राम्रो उपस्थिति हुने गरेको छ । त्यस्तै सीमावर्ती जौवारी क्षेत्रमा पनि भारत भएर आउने वंगाली र पश्चिमा पर्यटकको उपस्थिति बाक्लो हुने गर्छ । ‘बीच भागमा सिमसार रहेकाले यसको प्रवद्र्धन गरिए उत्तरी क्षेत्रको नै समग्र पर्यटन विकासमा टेवा पुग्ने ठानेका छौं’–अध्यक्ष मोहन भट्टराईले भने । विविध धार्मिक क्षेत्र, गुफा, विभिन्न आकृतिका अनौठा ढुङ्गा समेत रहेकाले जमुनाको पर्यटन सम्भावना उच्च छ । ‘यहाँ रहेका विविध जातजातिको परम्परागत संस्कृतिले पनि पर्यटन प्रवद्र्धनमा थप सघाउ पु¥याउँछ’–आदिवासी जनजाति गाउँ समन्वय परिषदका अध्यक्ष कुमार गुरुङले भने ।
इलाम पोष्ट दैनिक

Aucun commentaire:

Enregistrer un commentaire

Disqus Shortname

Ad Inside Post

Comments system